एक ओभरमा ६ छक्का हान्ने युवराज सिंहले लिए सन्यास

भारतीय क्रिकेटर युवराज सिंहले सन्यास लिएका छन् । सिंहले आज पत्रकार सम्मेलन गरि सन्यास घोषणा गरेका हुन्।

सिंहले आफ्नो बाबुुको देशको लागि खेल्ने सपना पुरा गरेको  साथै २५ सालको क्रिकेट करियरमा आफुले धेरै कुरा सिक्न पाए कसरि लड्ने, कसरि उठ्ने र कसरि अघि बढने भन्ने सिकेको बताए ।

भारतले दुईपटक विश्व च्याम्पियनको उपाधि जित्दा महत्वपूर्ण खेल खेलेका सिंह अलराउण्डर हुन् । उनी २०१७ देखि भारतिय टिममा चयन हुन सकेका थिएनन् ।  सिंहले आफ्नो करियरको अन्तिम वन डे खेल ३० जनावरि २०१७ मा वेस्ट इन्डिज बिरुद्ध एन्टिगुवामा खेलेका थिए । सिंहले २००७ को टि २० मा इंग्ल्याण्ड बिरुद्धको खेलमा एक ओभरमा ६ छक्का प्रहार गरेका थिए । साथै उनले १२ बलमा अर्धशतक बनाएका थिए, जुन आज सम्म पनि बिश्व किर्तिमान हो ।

उनले कुल ४० टेस्ट, ३०४ एक दिबशीय र ५८ अन्तराष्ट्रिय टि २० खेलेका छन् ।  उनले ३०४ वन डे खेलमा भारतको लागि ३०१खेल र एसिया एघारको लागि ३ खेल खेलेका छन् । ४० टेस्ट म्याचको ६२ इनिंगमा सिंहको नाममा १९०० रनको रेकर्ड रहेको  छ जसमा ३ शतक र ११ अर्धशतकको रेकर्ड रहेको छ । यस्तै वन डे खेलमा सिंहले २७८ इनिंगमा ८७०१ रन बनाएका छन् जसमा उनले १४ शतक र ५२ अर्धशतक खेलेका छन् ।

साथै ५८ टि २० खेलमा उनले ११७७ रन बनाएका छन् जसमा ८ अर्धशतक खेलेका छन् । सिंहले टेस्टमा ९, वनडेमा १११ र टि २०मा २८ विकेट आफ्नो नाममा लेखाएका छन् ।