ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता


लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुँदा ७० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन्।  ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो ।  

तटरक्षक र नौ सेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको  छैन। 

Logo