#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1082910451939742615106048197
नेपाल140463093604656

लोकसेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्ति गर्न खोलेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। उक्त विज्ञापनका विरुद्ध अधिवक्ता जगदेव चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

आयोगले स्थानीय तहको पद पूर्तिका लागि ५१५ स्थानीय तहमा ९ हजार १ सय ६१ सिटको लागि विज्ञापन खोलेको थियो । उक्त खोलेको विज्ञापन अवैध भएको दाबीसहित अधिवक्ता चौधरीले रिट दायर गरेका हुन् ।

आयोगद्वारा स्थानीय तहमा कर्मचारी पद पूर्तिका लागि प्रकाशित विज्ञापन संघीयताको मर्म, भावना तथा समानुपातिक समावेशीताको सिद्धान्तविपरीत रहेको रिटमा दाबी गरिएको छ। संविधानतः प्रदेशभित्रको रिक्त दरवन्दी पूर्ति गर्ने अधिकार प्रदेश लोक सेवालाई दिएको रिटमा उल्लेख छ।

विज्ञापन संघीयता विपरीत रहेकाले बदर नभएमा मुलुकमा द्वन्द्व निम्त्याउन सक्ने खतरा निवेदक चौधरीले औंल्याएका छन्। यसअघि उक्त विज्ञापन संविधानको मर्मविपरीत भएको भन्दै संसदको राज्यव्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार