विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेस्ट इण्डिजको खेल रद्द

काठमाडौं,

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको सोमबारको खेल रद्द भएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको वेस्ट इण्डिजले दक्षिण अफ्रिकाका २ जना ब्याट्सम्यानलाई आउट गरिसकेको अवस्थामा वर्षाका कारण खेल रद्द भएको थियो ।

खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक लिएका छन् । लगातार तीन खेल गुमाएको दक्षिण अफ्रिकाले तालिकामा पहिलो अंक जोडेको छ भने एक खेलमा जित र एक खेलमा हार व्यहोरको वेस्ट इण्डिजले तालिकामा तीन अंक पुर्याएको छ । आज बंगलादेश र श्रीलंका विच खेल हुने तालिका छ ।