नेप्से परिसूचक १२७५ विन्दुमा , ८ अंक घट्यो

काठमाडौं,

सोमवार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर बन्द भएको छ । यस दिन पनि लगानीकर्ताहरुले प्रफिट बुकिङ गर्न तर्फ लागेपछि गत हप्ताको आइतबार देखि शेयर बजार घटेको हो ।

यस दिन १ हजार २ सय ७८ दशमलव २८ विन्दुबाट शुरु भएको शेयर बजार कारोबारको पहिलो एक घण्टाको अवधिसम्म बढेर १ हजार २८९ दशमलव ५४ विन्दुसम्म पुगेको थियो । सो विन्दु पश्चात निरन्तर ओरालो लागेको नेप्से परिसुचक दोस्रो घण्टा पश्चात घटबढ हुदैं अन्त्यमा १ हजार २७५ दशमलव ८२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमि देखिएको छ ।

कारोबार अवधिभर कारोबारमा आएका ११ समूहमध्ये ३ समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस दिन नेप्से परिसूचक शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।

सोमवार ६१ करोड ३ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनका कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ दशमलव ६५ प्रतिशत बढी हो । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ४३ अंक घटेर २७२ दशमलव ४६ विन्दुमा बन्द भएको छ ।