कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो


कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ ।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । 

शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ ।

परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन बिहान ८ बजे, ९ बजेर ३० मिनेट र १२ बजे तोकिएको छ ।

सबै परीक्षार्थीको बायोमेट्रिक रजिस्टर भने ईपीएस कोरिया शाखा नजिकै रहेको म्युजिक सिटी हलमा हुने शाखाले जनाएको छ । 

Logo