लाउडा प्रकरणका २१ बर्ष: घाइतेका खुट्टामा अझै गोलीका दाग

लाउडा प्रकरणका २१ बर्ष: घाइतेका खुट्टामा अझै गोलीका दाग


लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा गोली काण्ड भएको २१ वर्ष पुगेको छ ।

लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको घट्नालाई दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा बिमान खरिद गर्ने निर्णय गरेपछि त्यसका बिरुद्ध ६ बाम घटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाईते भएका थिए । 

प्रहरीले जुलुसमाथि अन्धाधुन्ध गोली चलाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राई घाईते भएका थिए ।

त्यो बेला घाईते भएकामध्ये दिपनारायण हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर र दिपेन्द्र नेकपा माओबादी केन्द्रका नेता छन् । घाईतेमध्ये प्रतापको मृत्यु भइसकेको छ । लाउडा प्रकरणमा करोडौं भ्रष्टाचार भएको दावी गर्दै तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको जुलुसमा सहभागीहरु बताउँछन् । 

मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुबै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ ।

घट्नाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनितीमा संलग्न थिए । उसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । दिपनारायण र दिपेन्द्रले हरेक वर्षको

Skip This
Logo