#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286413756805547989527497130
नेपाल167193882398442

गुठी विधेयक फिर्ता नगरे काठमाडौं घेराबन्दी हुन्छ- सांसद केसी

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसी भने, ‘विधेयक फिर्ता लिइएन भने मुलुकमा भयावह हुन्छ। काठमाडौं घेराबन्दी हुनेछ।’  उनले सोमबार प्रतिनिधिसभामा गुठी विधेयकको विषयमा उठेको विषयको जवाफ दिने क्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले संविधानकै गलत व्याख्या गरेकी उनले बताए।

कम्युनिस्टहरुले धर्म, संस्कृति र चाडपर्वहरु मान्दैनन् भन्ने सुनेको र गुठी विधेयकले त्यसलाई पुष्टि गरेको बताउंदै उनले भने, ‘कम्युनिस्टहरुले संविधान मान्दैनन् भन्ने पनि सुनेको थिएँ’, उनले भने, ‘त्यो पनि पुष्टि भएको छ।’

उनले गुठीलाई समाप्त पार्ने खेल कुनै पनि हालतमा स्वीकार नहुने बताए ।

सम्बन्धित समाचारहरु