बेरिजो चिलीको फुटबल प्रशिक्षक नियुक्त

बेरिजो चिलीको फुटबल प्रशिक्षक नियुक्त


दक्षिण अमेरिकी राष्ट्र चिलीले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा एडुर्डो बेरिजोलाई अनुबन्ध गरेको छ ।

बिहीबार चिली फुटबल फेडेरेसनले राष्ट्रिय टिमको प्रशिक्षण जिम्मेवारी बेरिजोलाई दिएको बताएको छ । 

बेरिजोले पहिलोपटक सन् २००७ देखि २०१० सम्म अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्सेले मुख्य प्रशिक्षक हुँदा स्पेनको सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए ।

कोपा अमेरिका २०२१ को क्वार्टरफाइनलबाट बाहिरिएको चिलीले विश्वकपको दक्षिण अमेरिकी छनोट सातौं स्थानमा रहँदै टुंग्याएको थियो । चिलीले दक्षिण अमेरिकाबाट विश्वकपका लागि महादेशीय प्लेअफ खेल्ने टिमको भन्दा पाँच अंक कम जोडेको थियो ।

अर्जेन्टिनाका ५२ वर्षीय बेरिजोले यसअघि सन् २०१९ देखि २०२१ सम्म पराग्वेका मुख्य प्रशिक्षण सम्हालेका थिए ।

पराग्वेमा राम्रो छाप छोड्न नसकेका बेरिजोको प्रशिक्षणमा उनको टिमले सन् २०१९ र २०२१ को कोपा अमेरिकामा क्वार्टरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेको थियो । यस्तै, विश्वकप छनोटमा पराग्वे आठौं स्थानमा खुम्चिएको थियो ।

Logo