आयुषले गीत गाउँदा आमाले आँसु रोक्न सकिनन् (भिडियोसहित)

भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्समा चौथो स्थान हासिल गर्दै आयुष केसी नेपाल फर्किएका छन् । २०१९ को संस्करणमा आफ्नो उत्कृष्ट प्रस्तुती राख्दै चर्चामा आएका आयुष सानैदेखि गीत गाउँन एकदमै रुचाउँथे ।

२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए ।

‘तुम मिले दिल खिले
और जिनेको क्या चाहिए…’

भक्तपुरका १२ वर्षीय आयुष बिरामी हुँदाहुँदै गाएको यो गीतले सबै निर्णायकको मन जित्यो । त्यसपछि उनले सधैका एपीसोडमा निकै तारिफ पाए । सबैले आश गरेको थियो यो पटकको उपाधी नेपाल भित्रिन्छ । तर, चौथो भए ।

नेपाल फर्किएका आयुषसँग गरिएको रमाइलो कुराकानी तलको भिडियोमाः