आयुष केसीलाई १ लाख पुरस्कारसहित सम्मान

भक्तपुर । भारतीय जिटिभी रियालिटी सारेगमप लिटल च्याम्समा सहभागि भएर फर्किएका आयुष केसीलाई भक्तपुरमा सम्मान गरिएको छ । आयुषलाई भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलले आयुषलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । उनी मोर्डन बोर्डिङ स्कुलमा कक्षा ८ अध्ययनरत छन् ।

फ्रेब्रुअरी ९ बाट सुरु भएको सारेगमपमा नेपालबाट दुई जना फाइनलमा पुगेका थिए । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन् । यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।

१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी भएका थिए । कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए। दुवैलाई उपाधीको दावेदार मानिएको थियो । तर अन्तिममा आएर भारतकी सुगन्धा दातेले जितेकी थिईन् ।

आयुषले गीत गाउँदा आमाले आँसु रोक्न सकिनन् (भिडियोसहित)