विश्वकप क्रिकेटमा भारतलाई धक्का

जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतलाई ठूलो धक्का लागेको छ  ।  टिमका ओपनर शिखर धवन घाइते भएपछि भारतलाई धक्का लागेको हो।

उनको देब्रे बुढि औँला फ्याक्चर भएको छ । विश्वकपमा आइतबार भएको अष्ट्रेलियाबिरुद्धको खेलको क्रममा नाथन कल्टर निलको बाउन्सर बलले हातमा लाग्दा उनलाइ चोट लागेको हो । शिखरले बिहिबार हुने न्युजिल्याण्डसँगको खेल गुुमाउने पक्का भएको हो । किनकी उनलाई दुइदेखि तिन हप्ता आराम गर्नुपर्ने चिकित्सकले बताएका छन्।

धवनको इन्जिुरिको कारण उनको स्थानमा नयाँ खेलाडिलाई ल्याउने सम्भावना रहेको छ । उनको स्थानमा रिशब पन्त वा श्रेयास लेयरलाइ ल्याउने तयारि रहेको श्रोतले जनाएको छ ।