सेताे बाघबारे कान्तिपुर र नयाँ पत्रिकालाई प्रेस काउन्सिलद्वारा स्पष्टीकरण माग

सेताे बाघबारे कान्तिपुर र नयाँ पत्रिकालाई प्रेस काउन्सिलद्वारा स्पष्टीकरण माग


प्रेस काउन्सिल नेपालले कान्तिपुर दैनिक र नयाँ पत्रिकालाई स्पष्टीकरण सोधेको छ।

शुक्रवार ‘नेपालमा देखियो सेतो बाघ’ शीर्षकमा कान्तिपुर दैनिक र नयाँ पत्रिकामा प्रकाशित सामग्रीले पाठकहरूमा भ्रम उत्पन्न हुने गरि विज्ञापनलाई समाचारको शैलीमा सम्प्रेषण गरेको भन्दै पत्रिकालाई स्पष्टीकरण सोधेको हो।

काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले एक पत्र लेख्दै सामग्रीमा उल्लेख भए बमोजिम सेतो बाघ कहाँ देखिएको हो ? त्यस प्रकारको सामग्री सम्प्रेषण भएबाट पत्रकार आचारसंहिता बमोजिम कारबाही किन नगर्ने ? भन्दै काउन्सिलले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ । 

सेताे बाघ प्रकरणबारे बुझ्न  प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसँग  सम्पर्क गर्दा उनले  पत्रकार आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् । केन्द्रबिन्दुसँग कुरा गर्दै उनले भने, 'जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा २ को विपरीत रहेको र त्यसमा पत्रकार आचारसंहितासमेत आकर्षित भएकाले दुवै पत्रिकालाई स्पष्टीकरण सोधिएको हो।’

 

Logo