सप्तरीमा आगलागीबाट २५ लाखको क्षति

सप्तरीमा आगलागीबाट २५ लाखको क्षति


सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ५ मा शुक्रबार बिहान आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ।

स्थानीय महेन्द्र कामैतको गोठ लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगलागी हुँदा गाेठसँगै उनकै ३ जना छोराहरुकाे घर र घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा लगायतको सामाग्री जलेर नष्ट भएपछि २५ लाख बराबरको क्षति भएको हो।

आगलागीबाट महेन्द्र कामैतको घर, एउटा बाख्रा जलेर नष्ट भएपछि करिब चार लाख बराबरको क्षति भएको छ । उनको  छोरा शंकर कामैतको घर र एउटा बाख्रा, शत्रुधन कामैतको घर र एउटा बाख्रा, भरत कामैतको घर र एउटा बाख्रा गरि  करिब पाँच लाख बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीय बासिहरुको सहयोगमा निभाएको छ।घटनाको अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

Logo