उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले


उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । एमालेका उम्मेदवार दोस्रो स्थानमा छन् भने नेकपा एसका उम्मेदवार झिनो मतान्तरमा तेस्रोमा झरेका छन्। 

शनिवार बिहानकाे मतगणना  अनुसार मेयर र उपमेयरको प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार अगाडि देखिएका छन्। पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार वसन्त बस्नेत १ हजार ८२३ मतले र उपमेयरमा पनि कांग्रेसकै सरिता राईले ३५६ मतले अग्रता लिएकी छन् । 

जसअनुसार मेयरमा कांग्रेसका बस्नेतले ८ हजार २ सय मत पाएका छन् भने एमालेका भागवत राउतले ६ हजार ३७७ मत पाएका छन्। नेकपा एसका उम्मेदवार एवं निवर्तमान मेयर बलदेव चौधरीले ६ हजार ३०४ मत पाउँदा तेस्रो स्थानमा झरेका छन्।

उपप्रमुखमा कांग्रेसकी सरिता राईले अग्रता लिएकी छिन् । उनले ७ हजार ४१० मत पाएकी छिन्। उनलाई एमालेकी महेश्वरी राईले पछ्याउँदै छिन् । एमालेकी राईले ७ हजार ५४ मत ल्याएकी छिन्। पछिल्लो विवरण अनुसार १, २, ३, ४, ५, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ। अहिले वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ।

Logo