कर्मचारीको मिलेमतोमा ३८ करोड हिनामिना भएको ठहर

बाँके,

बाँकेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रुपैयाँ हिनामिना भएको पाइएको छ । संस्थाका चारजना कर्मचारीको मिलेमतोमा करिव ३८ करोड रुपैयाँ हिनामिना भएको पाइएको हो ।

यसअघि सहकारीको आन्तरिक छानबिन समितिले करिव २६ करोड अपचलन भएको निष्कर्ष निकालेको थियो । रकम हिनामिना सम्बन्धी विवाद चुलिँदै गएपछि जेठ १४ गते जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष नवराज उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय प्रारम्भिक अनुसन्धान तथा अनुगमन समिति गठन भएको हो । समितिले आइतबार बुझाएको प्रतिवेदन अनुसार सहकारीमा ३८ करोड १७ लाख ५० हजार ५ सय ४४ रुपैयाँ हिनामिना भएको पाइएको छ ।

सहकारीका प्रमुख व्यवस्थापक गोपाल भण्डारी, प्रबन्धक अरुणकुमार पाठक, नायव महाप्रबन्धक गंगाधर सुवेदी, खजुरा शाखाका प्रमुख सूर्यकुमार विक र बैजापुर शाखा प्रमुख लिलाधर वलीले संस्थाको ऋण लगानी नीति सञ्चालक समितिको निर्णय र संस्थाको पुँजीकोष भन्दा बढी ऋण लिए दिएको पाइएको उल्लेख गरिएको छ ।

नियमविपरित ऋण लिने÷दिने कार्यमा संलग्न रहेको भन्दै संस्थाका पाँचैजना कर्मचारीलाई दोषि देखाइएको छ । यसअघि प्रमुख व्यवस्थापक भण्डारीलाई निर्दोष देखाइएको थियो । प्रतिवेदन अनुसार शाखा प्रमुख अरुणकुमार पाठक जिम्मेवार रहेको नेपालगन्ज शाखाको ऋणफाँटबाट २१ करोड ४३ लाख ८५ हजार ४६० रुपैयाँ हिनामिना भएको देखिएको छ भने मुख्य शाखा नेपालगन्जको बचत फाँटबाट १६ करोड २ लाख ९८ हजार ५८२ हिनामिना भएको देखिएको छ । उक्त फाँटको जिम्मेवारी गंगाधर सुवेदी रहे पनि आलोपालो गरी मुख्य व्यवस्थापक गोपाल भण्डारी, अरुणकुमार पाठकसमेत बस्ने गरेको बताइएको छ ।
कारोबारबाट