काठमाडौं र धरानका मेयरहरू सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रका फूल हुनुहुन्छ: प्रचण्ड

काठमाडौं र धरानका मेयरहरू सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रका फूल हुनुहुन्छ: प्रचण्ड


काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन्।

दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे। उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन्। 

संसद्‍मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकमजोरी सुधार्न, आत्मालोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने बताए। 

उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौतीभन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए। 

Logo