महिनावारी मातृत्व क्षमताको पहिचान हो, विभेद नगरौँ : मन्त्री भुसाल

महिनावारी मातृत्व क्षमताको पहिचान हो, विभेद नगरौँ : मन्त्री भुसाल


ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएकोले महिलालाई सम्मान गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले शनिवार आयोजना गरेको जनचेतनामूलक साइकल यात्राका क्रममा उनले यस्तो बताएकी हुन् । 

उनले विगतमा जनचेतना अभावमा महिलाले ‌घरबाटै विभेद भोग्नु परेको उल्लेख गरे । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकारले ध्यान दिनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘यो गर्वको कुरो हो तर महिला हुनु पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।’ उनले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न जोड दिइन् ।

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध आवाज बुलन्द गर्दै आइरहेको र नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले विभेद हटाउन जोड दिँदै साइकल र्‍यालीको आयोजना गरेको बताए ।

बिहान साढे ७ बजे वसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुली बजार, माइतीघर मण्डला, थापाथली, पुलचोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वाएर पुगेर समापन गरिएको थियो । र्‍यालीमा ३५० भन्दा बढी व्यावसायिक साइकल यात्रीको सहभागिता थियो । 

Skip This
Logo