गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीकाे कैद सजाय मिनाहा

गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीकाे कैद सजाय मिनाहा


राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बूसमेतका २७१ र नरबहादुर साँवासमेतका ५४७ गरि कूल ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।
 
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरि माफी मिनाहा गरिएको हो। त्यस्तै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को यही जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद माफी गरेकी छन्।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी गरेकी हुन्।

Logo