बन्यो खप्तड पुग्ने छोटो पदमार्ग

पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण गरिएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामा खप्तड पुग्न सकिने पदमार्ग निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको हो ।
उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानका लागि यात्रा छोटिएको छ ।

उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीयहरुको भनाई छ ।

बाटो निर्माण हुनुपूर्व अपm्ठेरो बाटो पाँच छ घण्टा लाग्ने भए पनि अब दुई घण्टामै खप्तड पुग्न सकिने भएको हो ।
पैदलमार्ग निर्माण भएसँगै पर्यटक पनि बढ्दै गएको स्थानीयहरुको भनाई छ ।

बाटो निर्माण हुनु पहिले महीनामा १५-२० जना मात्र हिँड्ने गरेकामा पछिल्लो समय दैनिक २० जनासम्म पर्यटक खप्तड जाने गरेका छन् ।
अब साँफेबगर हुँदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई दुई घण्टामै खप्तड पुगेर रमाउन सकिने छ ।