आयुषका आमा बाबु मिडियासँग किन रिसाए ? (भिडियो कुराकानी)

भारतीय टेलिभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्प्स चौथो स्थान हासिल गर्दै आयुष केसी नेपाल फर्किएका छन् । २०१९ को संस्करणमा आफ्नो उत्कृष्ट प्रस्तुती राख्दै चर्चामा आएका आयुष सानैदेखि गीत गाउँन एकदमै रुचाउँथे ।नेपाल फर्किएका आयुषको अहिले धेरै तारिफ भैरहेको छ ।

उनले पढ्दै आएको मोर्डन स्कुलले एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । तर उनका आमा बाबुले भने मिडियाप्रति गुनासो गरेका छन् । उनको थर नै फेरेर आयुष रिजाल लेखिदिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उनीहरुले मिडिया नै पुरोहित बनेर थर फेरिदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बाँकी भिडियोमाः