हराएको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका

हराएको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका


पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन। 

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ। तर, पुष्टि भएको छैन।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ। मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ। उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए। 

Logo