तीन वर्षभित्र भूमीहिन दलितलाई घर उपलब्ध गराइने

तीन वर्षभित्र भूमीहिन दलितलाई घर उपलब्ध गराइने


सरकारले भूमीहिन दलित समुदायलाई आगामी ३ वर्षभित्र घर उपलब्ध गराउने भएको छ। आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो जानकारी गराएका हुन् । 

कृषि क्षेत्रको रुपान्तरण गरि निर्यात प्रवर्द्धन गरिने बताउँदै अर्थमन्त्री शर्माले आगामी वर्ष आयात न्यूनीकरण गरिने बताए। 'आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गरिने, निर्यात दोब्बर गर्ने तथा आयात न्यूनतम २० प्रतिशतले घटाइने छ ।', उनले भने ।

आगामी ५ वर्षभित्र ब्यापार सन्तुलन कायम गर्ने बताउँदै उनले वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने बताए । गरिबी न्यूनीकरण कम गर्न वार्षिक ८ लाख गरिबीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने अर्थमन्त्री शर्माले बताए ।

Logo