#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30975775960863743808222576830
नेपाल627974011712945267

एक महिनादेखि बन्द धनगढी विमानस्थल सुचारु

धनगढी । एक महिनादेखि बन्द रहेको धनगढी विमानस्थल सञ्चालनमा आएको छ । धावनमार्ग मर्मत र स्तर वृद्धिका लागि गत वैशाख २२ गतेदेखि बन्द गरिएको विमानस्थल बुधबारबाट सुचारु भएको हो ।

धावनमार्ग मर्मत र स्तर वृद्धिको काम सकिएपछि विमानस्थलमा नियमित उडान सुरु भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

धावनमार्ग मर्मत र स्तर वृद्धिको काम सकिएकाले एयरलाईन्स कम्पनीहरुले आ-आफ्नो समयतालिका अनुसार उडान भरिसकेको विमानस्थलका प्रमुख बुढथापाको भनाई छ ।

गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम सुरु गरिएको थियो। यसअघि तीन वटा मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नति पछि एकै पटक चार ठूला जहाज पार्किङ गर्न सकिने भएको प्रमुख बुढथापाले बताए ।

सम्बन्धित समाचारहरु