वैदेशिक लगानी आकर्षित गर्न द्विपक्षीय एवं दोहोरो करमुखी सम्झौता गरिने

वैदेशिक लगानी आकर्षित गर्न द्विपक्षीय एवं दोहोरो करमुखी सम्झौता गरिने


सरकारले औद्योगिक विकासका लागि वैदेशिक लगानी प्रवर्द्धन गर्ने बताएको छ। 

आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्माणाधिन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण कार्य समय सीमा भित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइने बताएको छ। नीजि क्षेत्रका रुग्न उद्योगलाई सञ्चालनमा ल्याउन उत्प्रेरित गरिने उनले वैदेशिक लगानी आकर्षित गर्न सम्भावित मुलुकहरूसँग द्विपक्षीय समझदारी एवं दोहोरो करमुखी सम्झौता गरिने अर्थमन्त्री शर्माले बताए । 

संयुक्त उपक्रम तथा अन्य उपयुक्त माध्यमबाट बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउने व्यक्ति वा उद्यमीहरूलाई राज्यको तर्फबाट विशेष सम्मान वा सुविधा प्रदान गरिने शर्माले बताए ।

नीजि क्षेत्रलाई १०० भन्दा युनिट रहने अपार्टमेन्टहरूको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिनेगरी कानुनी व्यवस्था गरिने बताउदै उनले उद्योग व्यवसाय वा प्रतिस्ठानका नाममा रहेको हदबन्दी भन्दा बढी जग्गा धितो राखी कर्जा लिन व्यवसाय टाँट पल्टेमा बिक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा बित्तिय संस्थाको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था गरिने शर्माले बताए ।

Logo