विराट कोहलीको यो वर्ष ग्रह बिग्रियो, घट्यो सम्पत्ति

एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सूचिमा परेका छन् । २०१९ का लागि फोर्ब्सले सार्वजनिक गरेको १०० धेरै कमाउने खेलाडीको सूचिमा कोहोली पर्न सफल भएका हुन् ।

कोहली फोर्ब्सले सार्वजनिक गरेको सूचिमा अन्तिम स्थानमा परेका छन् । एक नम्वरमा भने अर्जेन्टीनाका फुटबल स्टार लियोनल मेसी रहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको उक्त सूची अनुसार कोहलीलाई विज्ञापनबाट २.१ करोड डलर प्राप्त हुने गरेको छ भने खेल जितेमार्फत ४० लाख डलर मिल्ने गरेको छ ।

पछिल्लो १२ महिनामा कोहलीको कमाई २.५ करोड डलर रहेको छ । गत वर्ष फोब्र्सले सार्वजनिक गरेको सूचिमा कोहली ८३ औँ स्थानमा थिए । तर यसवर्ष भने उनी १७ स्थान तल झरेका हुन् । उनी खस्किनुमा यसवर्ष उनलाई विज्ञापनबाट १० लाख डलर कम आउनु हो ।