#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31482599969298740321823110083
नेपाल652764271761147238

स्रोत नखुलेको ५८ लाख नगद सहित एक भारतीय पक्राउ

बारा,

प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बडकी फुलवरियाबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल भारत दशजगा क्षेत्रबाट मोटरसाइकलमा सिमापारी जाँदै गरेको अवस्थामा भारतीय नागरिक वृजकिशोर कुमारलाई रकम सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौला, कम्मर र जिन्स पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।

बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी कुमारलाई सम्पति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु