४० कार्टुन अखाद्य औषधि मिसिएको आँप भेटियो

सुनसरी,
सुनसरीको इटहरीमा बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादी (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिए पछि इटहरी उपमाहानगरपालिकाले आँप नगरपालिका ल्याएको छ ।

इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको थियो । त्यो पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि कारवाईड भएको पुष्टि भएको थियो । कार्वाइड नेपालमा प्रतिबन्धित छ ।

कारवाईड प्रयोग गरेर पकाएको आँपको ४० कार्टुन उठाएर उपमहानगरमा ल्याइएको छ । उपमहानगरमा ल्याएर अनुगमन टोली, उपभोक्ता मञ्च, र संचारकर्मीको रोहबरमा मुचुल्का उठाइएको छ । विषादीयुक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ ।

खाद्य विज्ञ केपी लम्सालका अनुसार कारवाईड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर पर्ने हुन्छ । लम्सालले आँखा र छालामा पनि विषादी मिसिएका आँपले असर पार्ने गर्छ । कारवाईड हालेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
राजधानीबाट