उद्धारकर्ता भन्छन्, कोहीपनि जिवित भेटेनौँं, शब चिन्न नसकिने अवस्थामा छन्

उद्धारकर्ता भन्छन्, कोहीपनि जिवित भेटेनौँं, शब चिन्न नसकिने अवस्थामा छन्


आइतबार दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनास्थलमा कोहिपनि व्यक्ति जिवित नभेटिएको उद्धारकर्ताले बताएका छन् । 

दुर्घटनास्थल पुगेका इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका हुन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको छ । आइतबार विहान जोमसोमका लागि पोखरा बाट उडेको विमान सम्पर्कविहिन भएको थियो ।

दुर्घटनामा परेको आशंका गरिएपनि मौसम खरावीका कारण हिजो खोजी गर्न असफल भएको थियो । आज विहानैदेखी खोजी सुरु गरिएकोमा आज विहान थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

Logo