अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋण

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले भारतका २१ सय किसानको ऋण तिरिदिएका छन् । बिहार राज्यका २१ सय किसानको ऋण तिरिदिएका हुन् ।

उनले ऋण तिरिदिएपछि आफ्नो ब्लगमा लेखेका छन्, ‘एउटा अर्को वचन पूरा गरें । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ । उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको हातबाट यो दिइयो ।’

अमिताभले यसअघि पनि किसानहरूको ऋण तिर्दै आएका छन् । गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसानको ऋण तिरिदिएका थिए । यस्तै महाराष्ट्रका करिब ३५० किसनको पनि उनले ऋण तिरेका थिए ।

यसका अलावा उनले ब्लगमा भारतको काश्मिर स्थिति पुलुवामामा अमलामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरेका छन् ।

‘एउटा अर्को वचन पूरा गर्नुछ, देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नुछ । सच्चा शहिद’, भनेर उनले लेखेका छन् ।