पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु
काठमाडौं । पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक विरामीको मृत्यु भएको छ । चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनी भर्ना भएर अप्रेशन गरिएको थियो ।
गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अपरेशनपछि निको हुनुको साटो झन् च्यापेपछि चेकअप गर्दा आन्द्रामा प्वाल परेको डाक्टरहरुले भनेका थिए ।उपचारकै क्रममा बिहीबार अस्पतालले मृत घोषणा गरेको मृतकका आफन्तहरुले जनाएका छन् । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् । अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको भन्दै आफन्तहरुको लापरवाही गर्ने चिकित्सकमाथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । उनको डा. रविन कोइरालाको नेतृत्वको चिकित्सकको टोलीले अप्रेशन गरेको थियो ।