आईजिपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

आईजिपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ


ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै परेको रिटमा आज अन्तिम सुनुवाई हुने भएको छ । 

यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते अर्थात आजका लागि अन्तिम सुनुवाइको मिति तोकीएको थियो । रिट एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेक हुन् ।

सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

Logo