सोलुखुम्बुमा नवनिर्वाचित दुई वडा सदस्यलाई एमाले कार्यकर्ताले दले कालोमोसो

सोलुखुम्बुमा नवनिर्वाचित दुई वडा सदस्यलाई एमाले कार्यकर्ताले दले कालोमोसो


सोलुखुम्बुमा नेकपा एमालेबाट निर्वाचित भएका दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमासो दलेर जुत्ताको माला लगाइदिएका छन् । 

सोलुखुम्बुको सोताङ गाँउपालिकाको कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको भन्दै एमाले कार्यकर्ताले उनीहरुलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका हुन् । दुव्र्यवहारमा पर्नेमा सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङ छन् ।

पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका छन् । ‘पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको विज्ञप्तिमा उल्लेख छ । 

Logo