अफ्रिकी मुलुक चडको सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

अफ्रिकी मुलुक चडको सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु


अफ्रिकी मुलुक चडको उत्तरी क्षेत्रमा अवैध सुनखानीमा कामदारबीच भिडन्त हुँदा एक सय जनाले ज्यान गुमाएका छन् । 

घटनामा अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ। रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट सुरु भएको झगडाले नरसंहारको रुप लिएको बताएका छन् ।​ लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न जाने गर्छन्।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो । केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन् ।
 

Skip This
Logo