लोकसेवाको विज्ञापन खारेज गर्न कांग्रेसको माग (भिडियो सहित)

काठमाडौं,

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लोकसेवाको विज्ञापन खारेज गर्न माग गरेको छ । काँग्रेस प्रबक्ता विश्व प्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेसी सिद्धान्त विपरित खुलाइएको विज्ञापन तत्काल खारेज गर्नु पर्ने पार्टीको अडान रहेको प्रष्ट पारे । विहिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सो बताएका हुन् ।

नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको पहिलो चरण सकिएको छ । पहिलो चरणको अभियान निकै उपलब्धीमुलुक रहेको कांग्रेसले जनाएको छ ।

जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको कांग्रेसले निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम गरिएको बताए । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको शर्माको दाबी छ ।

पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता(कार्यकर्ता रहेको उनले बताए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए । हेरौं यो भिडियोमा :