#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31775405975457740592323394025
नेपाल666324291814248061

गगन थापाले गुठी विधेयकले सरकार ढल्छ भनेपछि सञ्चार मन्त्रीको जवाफ

काठमाडौं,

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गुठी विधेयक जनताको पक्षमा भएको बताएका छन् । विधेयक आउनु भन्दा पहिला नै विरोध आउनुलाई उनले पूर्वाग्रहको रूपमा परिभाषित गरे ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गुठी विधेयकलाई जोडेर कांग्रेस नेता गगन थापाले दिएको अभिव्यक्तिको घुमाउरो उत्तर दिए । स्वर्गद्वारीको १२/१४ विगाह जमीन छ बराबरको, त्यो कहाँ जान्छ त त्यत्रो सम्पती ? त्यहाँ गएर छोयो की सरकार ढल्यो भन्ने ? उनले भने।

बुधबार कांग्रेस नेता थापाले प्युठान पुगेर पशुपति चलाउँदा पुष्पकमल दाहाल सकिएको र स्वर्गद्वारी चलाउँदा ओली सकिने अभिव्यक्ति दिएका थिए । थापाले गुठी विधेयकको चर्को विरोध गर्दै पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री सकिएको र स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुठी विधेयक नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका थिए । कांग्रेस सांसद भीमसेनदास प्रधानले पनि आज संसदमा गुठी विधेयक विरूद्ध आन्दोलन चर्किरहेको बताउँदै काठमाडौंका जनता उठेपछि कस्तो अवस्था सिर्जना हुन्छ, त्यसको हेक्का राख्न सरकारलाई चेतावनी दिएका थिए ।
नागरिकबाट

सम्बन्धित समाचारहरु