झाको निधनमा शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक १८ जेठमा

झाको निधनमा शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक १८ जेठमा


प्रतिनिधिसभाले दोस्रो संविधानसभा सदस्य डा.डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख अग्निप्रसाद सापकोटाको प्रस्तावमा शोक प्रस्ताव बहुमतले पारित गरेको हो । साथै बैठकले झाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेको छ । बैठकमा उनको निधनप्रति मौन धारण पनि गरिएको थियो ।  

क्यान्सर रोगबाट पीडित झाको ४४ वर्षको उमेरमा उपचारका क्रममा १० वैशाख २०७९ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक १८ जेठ बुधबार बिहान ११ बजे बस्नेछ । 

Logo