#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4503927711825731100720332849501
नेपाल16471890438952124862
काठमाडौं,इन्टरनेटको मूल्य नबढ्ने भएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो । यससँगै इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएका छन् ।मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए । उनले अघिल्लो वर्ष सेवा प्रदायकसँग भएको सम्झौताको आधारमा यो निर्णय भएको उल्लेख गरेका छन् ।यो निर्णयसँगै इन्टरनेटको मूल्य नबढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएन) का अध्यक्ष भोजराज भट्टले बताएका छन् । ‘गत वर्षको मन्त्रालयसँग भएको सम्झौताकै आधारमा निर्णय भएको भए इन्टरनेटको मूल्यमा कुनै असर पर्दैन’, भट्टले भने, ‘यो निर्णयसँगै साउन १ गतेबाट इन्टरनेटको मूल्य बढाउने तयारीमा रहेको आईएसपीएनले मूल्य बढाउने छैनन् ।’ अन्नपूर्णबाट

इन्टरनेटको मूल्य नबढ्ने

काठमाडौं,

इन्टरनेटको मूल्य नबढ्ने भएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो । यससँगै इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए । उनले अघिल्लो वर्ष सेवा प्रदायकसँग भएको सम्झौताको आधारमा यो निर्णय भएको उल्लेख गरेका छन् ।

यो निर्णयसँगै इन्टरनेटको मूल्य नबढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएन) का अध्यक्ष भोजराज भट्टले बताएका छन् । ‘गत वर्षको मन्त्रालयसँग भएको सम्झौताकै आधारमा निर्णय भएको भए इन्टरनेटको मूल्यमा कुनै असर पर्दैन’, भट्टले भने, ‘यो निर्णयसँगै साउन १ गतेबाट इन्टरनेटको मूल्य बढाउने तयारीमा रहेको आईएसपीएनले मूल्य बढाउने छैनन् ।’
अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु