अन्तिम मत परिणाम नआउँदै बालकोट पुगेर बालेनले भेटेका थिए ओलीलाई

अन्तिम मत परिणाम नआउँदै बालकोट पुगेर बालेनले भेटेका थिए ओलीलाई


काठमाडौं महानगरका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मतपरिणाम नआउँदै  भेटवार्ता भएको खुलेको छ।  

साहले अन्तिम निर्वाचन परिणाम आउनु अघि नै अध्यक्ष ओलीसँग भेट गरेको तस्वीर सार्वजनिक भएको हो । निर्वाचित भएलगत्तै बालेनले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका थिए । उनले अन्तिम मतपरिणम आउनु अघिल्लो दिन नै अध्यक्ष ओलीसँग भेट गरेको खुलेको हो । ​

बालेनसहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेको अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जनाकारी दिए । उनीहरुले केहीबेर सामूहिक भेटघाट गरेको र त्यसपछि दुईजनाबीच एक्ला एक्लै भेट भएको थियो । 

बालेन बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले शुभकामना दिएका थिए । आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट आएको बालेन समूहले बताएको थियो । काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले केही सुझाव मागेको पनि बालकोट स्रोतले जनाएको छ ।

Logo