एनसेल फोरजीमा अब डबल डाटा अफर

एनसेल प्राईभेट लिमिटेडले डाटा सेवामा आकर्षक योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले सातदिन र तीस दिनको समय सिमा भएको गज्जबको डाटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डाटा भोलुम प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

यो योजनाअन्तर्गत सात दिन समय सिमा भएको ५०० एमबी डेटा र तीस दिन समय सिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । ‘यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउने छन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् ।’ कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, एनसेलका ग्राहकले सातदिन समयसिमा भएको ५०० एमबीप्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक कर सहित रु ९५ं.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा एक हजार एमबी डाटाको फाइदा लिन सक्नेछन् ।

सात दिन वा तीस दिन समयसिमा भएको डाटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डाटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डाटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ माएसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहुँचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याएको एनसेलले जनाएको छ । यो अफर जेठ ३० गते (बिहिबार) देखि लागु भएको छ । एनसेलले हालै मात्रै देशको एक हजार भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरेको थियो ।