फेरि अटो र मोटरसाइकल ठोक्कियो, वडा सचिवसहित २ जनाको मृत्यु
File Photo

सुर्खेतमा भएको सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिएको छ  ।

त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।