वर्ल्डकप क्रिकेट: वेष्ट इन्डिजले ब्याटिङ् गर्दै

आइसीसी एकदिवसिय विश्वकप अन्तर्गत अहिले घरेलु टिम इंग्ल्याण्ड र वेष्ट इन्डिजविच प्रतिस्पर्धा भइरहेको छ ।

 साउथएम्पटनमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । वेष्ट इन्डिजले टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।

जसमा इभीन लुइस, आन्द्रे रसेल र सानोन गाब्रियल टिममा फर्किएका छन् । इंग्ल्याण्ड टिममा भने कुनै परिवर्तन भएको छैन । सभा ३ बजेबाट शुरु भएको खेलमा टस जितेर इंग्ल्याण्डले फिल्डिंग गर्ने निर्णय गरेपछि पाहुना टोली वेस्टइन्डिजले अहिले ब्याटिङ गरिरहेको छ ।