च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुग्यो

पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ ।

मृत्यु हुनेमा निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी चार वर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चा रहेका छन् । बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो ।

गत शुक्रबार च्याउ खाएर ११ जना स्थानीय बिरामी परेका थिए ।  उनीहरुको नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगायत काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।