बजेटपछि सेयरबजार लगातार ओरालो

बजेटपछि सेयरबजार लगातार ओरालो


बजेटपछि सेयरबजार लगातार ओरालो लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा गत आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटयता सेयरबजारमा लगातार ओरालो हो ।   

सेयरबजारलाई सुधार गर्न विभिन्न कार्य गर्ने बजेटमार्फत बताए पनि आज लगातार चौथो दिन नेप्से घटेको छ। बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा झरेको हो। सेन्सिटिभ सूचक पनि ३.८१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज सेयरबजारमा २२७ कम्पनीको कारोबार भएको थियो। जसमा ३५ लाख ६६ हजार कित्ता १ अर्ब १६ करोडमा बिक्री भएको हो। दिनभरिमा २१ हजार ८ सय ३३ पटक खरिदबिक्री भएकोमा १३ मध्ये सामूहिक लगानी कोषबाहेक बाँकी समूहको सूचकहरु घटेका छन्। 

आज बलेफी हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशत कमाउनेबाहेक अन्य लगानीकर्ताले कमाउन सकेनन्। त्यस्तै उनीहरुले आज ६.४७ प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबारमा आज माउन्टेन हाइड्रोको १२ करोडको कारोबार भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ छ। 

Logo