#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31261540965368745036222845810
नेपाल641224111747846233

मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरूलाई गभर्नरको आग्रह

काठमाडौं,

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले ग्रामिण क्षेत्रको गरिवी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको स्पष्ट पारे ।

गभर्नर नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे । ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगी सकेको र बाँकि स्थानीय तहमा पनि यही असार भित्र बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ ।

कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए ।
नागरिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार