आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ


सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक सयले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय र तेजावी सुनको मूल्य ९५ हजार  ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय थियो भने तेजावी सुनको मूल्य ९६ हजार रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ एक हजार १० रहेको महासंघले जनाएको छ ।

Logo