#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31482599969298740321623110085
नेपाल652764271761147238

नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दैछु- सन्नी लियोनी

बलिउड अभिनेत्री सनी लियोनीले नेपाली चलचित्र क्षेत्रमा काम गर्न पाएकोमा गर्व महशुस भएको बताएकी छन् ।

नेपाली चलचित्र ‘पासवर्ड’ मा आकर्षक नृत्य गरेकी छन् । तीन दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

सनी लियोनीलेउक्त म्युजिक भिडियो आफ्नो ट्वीटरमा सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा आफूलाई गर्व लागेको बताएकी हुन् । बलिउड अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा नृत्यु गरेकी हुन् ।

‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभाले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन् । ५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्नीसँगै अभिनेता बिक्की जोशी फिचर छन् ।

गीतमा बिक्रम जोशीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । दुर्गा खरेलको स्वरमा रहेको उक्त गीतको भिडियो छायांकन लण्डनमा गरिएको हो । सम्राट बस्नेतले निर्देशक गरेको फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट बाट रिलिज हुँदैछ ।

फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय रहेको छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार