सुनिल गिरीको ‘सोल्टिनी क्या राम्री’मा मिरुना र गणेशको अभिनय

सुनिल गिरीको ‘सोल्टिनी क्या राम्री’मा मिरुना र गणेशको अभिनय


लोकपप गायक सुनिल गिरीको नयाँ गीत 'सोल्टिनी क्या राम्री'को भिडियो सार्वजनिक गरिएकाे छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् । 

प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् । 

५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् । 

भिडियाे लिंक : https://www.youtube.com/watch?v=5Ql_TIiVqQY&fbclid=IwAR2LVX7lZ3Fo6eIpO85pU-i8uwXb41y_dLvUqruWiamP_geEzJ2o6JIHRQ8

Logo