जुम्लाका नापी र मालपोत कार्यालय छैनन् अपांङतामैत्री

जुम्लाका नापी र मालपोत कार्यालय छैनन् अपांङतामैत्री


जुम्लाको मालपोत र नापी कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता  मैत्री नभएको पाइएको छ । सबैभन्दा  बढी  जेष्ठ नागगरिक सेवा लिन जाने कार्यलय मध्यको पहिलो कार्यलय हो । तर त्यहि कार्यलय जेष्ठनागरिक र अपाङ्गता  मैत्री  नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ ।

जुम्लाको सदरमुकाम खलंगा बजार समुद्री सतह देखि दुई हजार ५१४ मिटर उचाइमा रहेको छ  ।  त्यस भन्दा मालपोत कार्यलय जुम्ला करिब २०० मिटर उचाईमा पर्दछ । त्यहाँ सेवा लिन जाने सबै सेवाग्रहीले उकालो बाटो चढ्नुपर्दछ ।
 

जग्गा कारोवार हुने भएकोले सेवाग्रहीहरुमा ज्येष्ठ नागरिकहरुले अनिवार्य मालपोत कार्यालय पुग्नै बाध्यता  छ ।  तर दम तथा श्वासप्रश्वासका समस्या  भएका  रोगी नागरिकहरुले त्यहाँ पुग्न निकै सास्ती भोग्नु परेको बताउदै आएका छन ।  मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवालाई सहज र सुगम बनाउन अनुरोध  समते गरेका छन् ।

जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताए ।प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाज लगायतका सरोकारवाला निकाय मालपोत कार्यालय सहज बनाउन धेरै पटक पहल ग¥यौं तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाई गरेन,अध्यक्ष भारतीले भने ,‘तत्कालीन् जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो ।उनले थपे आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यत्तिमैत्री नभएको दुखेसो पोखे  ।

त्यस्तै अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यत्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको बताए । “ अरु सबै सरकारी कार्यालय सदरमुकाम खलंगा बजारमा केन्द्रित छन् ।

 तर मालपोत कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ,”अध्यक्ष धितालले भने ।यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भएपनि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई त्यहाँ पुग्न निकै असहज भएको बताए  । 

धितालले भने अब मालपोत विभागको परिपत्र अनुसार तत्कालीन सिंजा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिंजा गाउँपालिका राख्ने पहल सांसद गजेन्द्र महतले गर्नु भएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिहरुद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने निमित्त कार्यालय प्रमुख रोकायको भनाई छ ।

त्यस्तै  चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताए   । 

Logo