#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097169981967743523223679970
नेपाल678044361741449954

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ७ जनाको मृत्यु

सांकेतिक तस्बिर ।

भारतमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ७ जनाको मृत्यु भएको छ ।

गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका छन् । मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ ।

भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ । सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

‘सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्,’ उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने ।

सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए । उनीहरु पनि बाहिर आउन नसकेको उनले बताए । अहिले उनीहरु सवैको शब बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको आजादले जानकारी दिएका छन् । एजेन्सी

सम्बन्धित समाचारहरु